१० असोज , काठमाडौँ । ” यदि तिमीलाई ईतिहास थाह छैन भने तिमीलाई केही पनि थाह छैन । तिमी त्यो पात हौ जसलाई थाह छैन कि यो रुखको अंश हो । “
माइकल कृकटन त्यसैले ईतिहास थाह नपाएको ब्यक्ति करिब करिब अनभिज्ञ नै हुन्छ । जसले न भूतकालको स्मरण गरोस न त आफ्ना सन्ततीलाई भविश्यको असल मार्गचित्रको रुपरेखा कोर्न उत्प्रेरणा जगाउन सकोस ! विश्वका सर्वहारा एक हौं भन्ने तर एउटै मुलुकका सर्वहारा कम्युनिष्टहरु एक हुन नसकेर पूंजीवादी शक्तिको पाउमा प्रभू , मालिक , हामी धेरै भाइ भएर होला मिल्न सकिएन , तपाइको पाउमा शीर राखि बिन्तिपत्र चढाउन आएका छौं भन्छन ! अनि जात्रा हाँडीगाउँको यात्रा समाजवादको !


