Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको एक सय ९४औं कविता : ‘समयसगै मातिँन्छन्’

समय हरेक दिनको गतिसगै मातिन्छ
समाजमा अनेकन् अस्वभावहरू देखिन्छन्
झिसमिसेमा अनेकन बिकृतिहरु उठिँदिन्छन
मान्छेहरूका बिभाँजित स्वरहरूको सहरमा
असरल्ल भावहरू समयसगै छताछुल्ल हुन्छन्।

दैनिक क्रियाहरूमाअनेकन द्घन्द्ध स्थापित हुन्छ
हरेक कृयाले आफ्नै द्धन्द्ध सृजना गरिदिन्छ
द्धन्द्धले आफ्नै स्वभाव सृजना गरिदिन्छन
समाजमा अनेकन धारहरूको सृजना हुन्छ
असरल्ल धारहरू समयसगै छताछुल्ल हुन्छन्।।

सोचहरूमा अनेकन बिभेदहरू देखा पर्छन्
सोचले दृष्टिलाई आफैभित्र दिग्भ्रमित बनाँउछ
बिभेदले बिबेकलाई साघुँरो बनाई बिगारी दिन्छ
समाजमा मिश्रित स्वभाहरूको सृजना हुन्छ
असरल्ल बिबेक समयसगै छताछुल्ल हुन्छन्

सम्बन्धका खोलमा अभिनय स्थापित हुन्छ
समयले यो आबश्यकता बनाई बोकाईदिन्छ
समाज र समय हरपलमा अभिनयमा मस्त
आफ्नो समयलाई कोणहरूमा छलीँरहन्छन
असरल्ल सम्बन्धहरू समयसगै छताछुल्ल हुन्छन्।।

समय दिनसगै कहिले स्वभाबमा मातिन्छ
कहिले अबस्थालाई आफै बिगारेर मातिन्छ
समय दिनसगै कहिले बिचारमा मातिन्छ
कहिले अबस्थालाई आफै बिगारेर मातिन्छ
असरल्ल सम्बन्धहरू समयसगै मातिँन्छन्।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै