Comments Add Comment

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्री थापाद्वारा दुर्घटना न्यूनीकरण र लागुऔषध नियन्त्रणका लागि परीक्षण किट हस्तान्तरण

काठमाडौँ: बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा मन्त्रालय प्रयत्नरत रहेको बताएका छन् । उनले पछिल्लो समय समाजमा लागूपदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै गएकोप्रति सरकार गम्भीर रहेको बताए ।

लागूऔषध सेवन परीक्षण कीट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न कार्यक्रम मार्फत काम गरिरहेको बताए । एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुने मन्त्री थापाको भनाई छ । लागू पदार्थको समस्या केवल चालक वा विशेष वर्गको मात्र नभई सम्पूर्णको रहेको उनको बताए ।

लागूपदार्थ दुर्व्यसन नियन्त्रण गर्न समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए । लागू तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूको सवारी अनुमति पत्र (लाइसेन्स) खारेजको प्रक्रिया सम्बन्धित मन्त्रालयहरूको समन्वयमा अगाडि बढाउने विषयमा छलफल भइरहेको पनि उनले बताए ।

बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी नरेश सुवेदीले लागूपदार्थ प्रयोगबाट हुने दुर्घटना र आपराधिक गतिविधि उल्लेखनीय रूपमा बढेको जानकारी दिए । सवारी चालकमा लागूपदार्थ सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम बढी रहेको उनले बताए । लागूपदार्थ दुर्व्यसनबाट किशोर तथा युवाहरू बढी जोखिममा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै