समाचार - - Page 2
Comments Add Comment

समाचार

List Grid
सुन तस्करीका विचौलिया चलाउनेविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

काठमाडौं । सुन तस्करीका विचौलिया जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
चलाउने सुन तस्करी मुद्दाका फरार अभियुक्त हुन्। चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो ।
६० किलो सुन तस्करी प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि नोटिसका सीआईबीले इन्टरपोललाई पत्राचार गरेको थियो । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ।
त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक …

शेरबहादुर देउवा र माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच हिजो बेलुका काठमाडौँको गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो
सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको थियो ।
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज अपराह्न ५ बजे सकिँदैछ ।
भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको …

प्रहरीको लागुऔषध ब्युरोले खैरो हेरोइनसहित २ जनालाई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले खैरो हेरोइनसहित पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भएका ३५ वर्षीय राजु थाम्सुहाङलाई गत वैशाख ३ गते ललितपुर महानगरपालिका-१४ विशालाचोकबाट पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यकालाई केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई लामो समयको निगरानी पश्चात् यस लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले थाम्सुहाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले जानकारी दिए । उनको साथबाट प्रहरीले खैरो हेरोइन २३२ ग्राम, नगद रु। १ लाख ८० …

समुद्री आँधीले निम्त्याएको भीषण वर्षाले दुबई जलमग्न, युएईमा ७५ वर्षयताकै ठूलो आँधी हो

समुद्री आँधीले निम्त्याएको भीषण वर्षाले संयुक्त अरब एमिरेट्स (युएई)को वित्तीय सहर दुबई जलमग्न भएको छ । वर्षाले राजमार्गमा भल बग्दा आवागमन अवरुद्ध भएको थियो । त्यस्तै वर्षापछि दुबईस्थित विमानस्थल पनि पानीमा डुबेको देखिएको थियो ।
यात्रुलाई बुधबार अत्यावश्यक काम नभएसम्म विमानस्थल नआउन आग्रह गरिएको थियो । युएईमा २४ घन्टामै दुई सय ५४ मिलिमिटर वर्षा भएको थियो । यही मुसलधारे पानीका कारण त्यहाँका ६ लेन एक्सप्रेस–वे जलमग्न थिए । सडकमा पानीमा डुबेका वाहनको लामो लाइन बनेको थियो ।
प्रहरीका अनुसार युएईका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीले एक कार बगाउँदा त्यसमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । समुद्री …

ठमेल चौबिसै ‍घण्‍टा खुल्‍ला भएको विषयमा महिला मानव अधिकार रक्षकको ध्यानाकर्षण

काठमाडौं । संघीय राजधानी काठमाडौंको ठमेल र दरबारमार्ग चौबिसै ‍घण्‍टा खुल्‍ला भएको विषयमा महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले सात बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ ।
 
सञ्जालले बुधबार एक विज्ञप्ति जारी गर्दै लाखौंको सङ्ख्‍यामा रहेका श्रमिकलाई सुक्‍खा आठ हजारदेखि १५ हजारमा काम गर्न बाध्‍य पारिएको अवस्थामा चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा श्रमिक थप शोषण र मारमा परेका पर्ने भन्दै सात बुदेँ मागसहित सरकारको ध्यानाकर्षण गराएको हो ।
दिनरात नभनी श्रम गरेर श्रमिकले रोजगारदातालाई धनी बनाए पनि श्रमिकको पक्षमा सरकारले ध्यान नदिएको भन्दै महिला मानव अधिकार रक्षक, मानव अधिकारको क्षेत्रमा कार्यरत सञ्जाल, …

शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान : शिक्षामन्त्री सुमना श्रेष्ठ

शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान : शिक्षामन्त्री सुमना श्रेष्ठ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छिन् । उनले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरूलाई विद्यालयमा सहभागी गराउने र गुणस्तरीय शिक्षा दिने कुरा सम्भव नभएकाले यसमा सबैको सहयोग आवश्यक रहेको तर्क समेत गरिन् ।
मन्त्री श्रेष्ठले विद्यालय तहको शिक्षालाई केन्द्रित गरेर सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने योजना समेत घोषणा गरिन्। उनले सबै बालिबालिकाहरुको विद्यालयमा सहभागिता र गुणस्तरको …

सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले ६ र ७ गते (आज र भोलि) ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दैछ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ देखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
 
उनले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताए ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

सशस्त्र प्रहरीले धनुषाबाट १ सय बोरा प्याजसहित ट्रक नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले धनुषाबाट १ सय ५२ बोरा प्याज सहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राति जिल्लाको शहिदनगर नगरपालिका-२ तिनकोरिया बिरेन्द्रबजार बाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ ।

क्रिप्टो मार्फत गैर कानूनी कारोबार गरेको आरोपमा दुईजना पक्राउ

बाँके । क्रिप्टो मार्फत गैर कानूनी कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
गैर कानूनी रुपमा विदेशी मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१८ भाटभटेनी नजिकबाट कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
 
प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा नेपालगन्ज उपमहानगरपालिका-२० का अमृत वर्मा र जानकी गाउँपालिका-१ का रियाज खाँलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
वर्मा र खाँले विनान्स/विटगेट मार्फत यूएसडिटी (क्रिप्टो करेन्सी) को अबैध कारोबार गरि सो बापत दैनिक अन्दाजी एक करोड रुपैयाँसम्मको अबैध कारोबार गरेको अनुसन्धानबाट …