Comments Add Comment

Advertisment

SKIP THIS

तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१ फागुन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको हो। सुनको मूल्य आज तोलाको एक लाख ६९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो।

गएको मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ।

आज चाँदी प्रतितोला एक हजार नौसय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ३० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै