Comments Add Comment

Advertisment

SKIP THIS

संचार र पत्रकारिता !

४ वैशाख , काठमाडौ । इतिहासदेखि नै समाजको नैतिक आचरणको ढोका खोल्दै आइरहेको यो क्षेत्रको महत्व झन बढ्दै गएको छ ।

संचार अर्थात समाचार एकअर्काविचमा केही आवश्यक कुराहरुको  आदानप्रदान गर्ने प्रकिया हो । बोली, शब्द र  संकेतद्वारा सूचना तथा खवर आदानप्रदान गर्ने प्रकृयालाई संचार भनिन्छ ।

त्यस्तै कुनै पनि घटनाहरुको वास्तविक पहिचान गरी वास्तविक सत्य तथ्य घटनाहरु बाहिर ल्याएर जनता र राज्यलाई सुसूचित गर्ने कार्यलाई पत्रकारिता भनिन्छ । पत्रकारिता क्षेत्र जहिले पनि निश्पक्षताको जरोमा अडिएको  हुनुपर्छ । तर राजनीतिक, सामाजिक, आर्थिक , सांस्कृतिक तथा धार्मिक प्रलोभनमा फँसेर मनी र मसलको फन्दामा पर्नु हुंदैन ।

स्वच्छता , सन्तुलन, बस्तुनिष्टता, शिष्टता, यथार्थता, वास्तविकता , स्पष्टता, सान्दर्भिकता आदि संचारको विशेषताहरु हुन । यसलाई फ्रान्सका सम्राट तथा सैनिक कमान्डर नेपोलियन बोनापार्टेले भनेका थिए : ” चारवटा बिपक्षी पत्रिका चारहजार संगीन भन्दा नि खतर्नाक हुन्छन ” वाटरलूको युद्व, १८ जुन १८१५  ताका  विलियम सेडलर द्वितीयद्वारा लिखित संस्मरणमा बोनापार्टेको साहसिक  कार्यको चर्चा गरिएको छ ।

उनको साहससामु कसैको आँखा गडेन तर युद्व लड्दै जाँदा  पर्सियनलगाएत अन्य छ गठबन्धन राष्ट्रहरुको चपेटामा फँसे उनी । ब्रसेल्सको लगभग १५ किलोमिटर  दक्षिणमा र वाटरलू शहरबाट करिब २ किलोमिटर टाढा अवस्थित मानवनिर्मित एक कृत्तिम पहाड आज रणभूमिको साइटमा सिंहको ढिस्कोको स्मारकले प्रभुत्व जमाएर बसिराखेको अनुभूति हुन्छ ! मानौं कि, नेपोलियनलाई  नै पर्खिरहेको छ ।

रणभूमिबाट नै लिइएको पृथ्वीबाट बनाइएको ठूलो कृत्रिम पहाडको ढिस्को जुन संरक्षणको पर्खाइमा छ । यसरी तात्कालीन  युद्वको  समयमा आमसन्चारको बिकास भएको थिएन । तर केही छापा सन्चारमार्फत पत्रकारहरुले युद्वलगाएत समाजमा घटेका खवर सूचनाहरु आदानप्रदान गर्दथे । यी कुराहरुमा नेपोलियन बोनापार्टेको ध्यान अचम्मै केन्दृत हुन्थ्यो ।

कयौं युद्वपोत र लडाकुहरुसँग नडराउने नेपोलियन पत्रकारहरुसँग भने डराउँथे । त्यसो त  थोमस अल्भा इडिसनले पनि आफू पत्रकार नभएकोमा खेद ब्यक्त गरेका थिए ।    त्यस्तै अमेरिकी तेस्रो राष्ट्रपति थोमस जेफर्सनले यदि आफुलाई सरकार र पत्रकारितामा कुन रोज्छस भनेर सोधियो भने मेरो प्राथामिकतामा पत्रकारिता नै पर्दछ भनेका थिए ।

उता बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले पनि पत्रकारलाई कहिल्यै नसुत्ने बिधा भनेका छन । अझ महात्मा गान्धिले त झन पत्रकारितालाई बिचार र अभिब्यक्तिको एक सशक्त साधन मात्र नभएर ठूला ठूला शासकलाई झुकाउने बलियो हतियार हो भनेका छन ।

र उनी आफै पनि पत्रकार थिए । यसरी पत्रकारको काम देश र जनताको लागि निश्पक्ष रुपमा समाजमा घटेका घटनाहरुको सूचना दिने हो न कि दलीय स्वार्थको जालोमा बेरिएर प्रत्येक शब्दहरुको मोलमोलाई बढाउँने ।

तर आधुनिक युगमा त्यही पनि नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा स्वतन्त्र पत्रकारिताको धारणा अप्नाइएको छ । पत्रकारले के र कस्ता कुराहरु लेख्न हुन्छ र कुन कुराहरुप्रति ध्यान दिनुपर्छ यसवारेमा पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख गरिएको भए पनि नेपालका केही मिडियाहरुलाई भने समाचारको स्रोत पुष्टि नभई  लेख्नै हतार हुने भएकोले राज्यको चौथो अंग भनिए पनि यो क्षेत्रलाई  नैतिक आचरणवारे प्रष्ट्याउनु पर्ने खांचो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment