Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको नेपालटारमा कोठा खोजिदिन्छु भन्दै अन्लाईन ठगी गर्ने गिरोह देखी सावधान !

११ भाद्र ,काठमाडौ । भनिन्छ, मिडियाको विकाससँगै नयाँ नयाँ प्रविधिहरु आए र हाल पत्रकारिताको विविधस्वरुपमा सोसियल मिडिया पनि समाचार प्राप्त गर्नको लागि सस्तो, भरपर्दो र छिटोछरितोको रुपमा परिचित छ यदि यसको सही सदुपयोग गरिएको छ भने ।

यहि नयाँ नयाँ प्रविधिमध्ये हाल अनलाइन पेमेण्ट गरेर सञ्जालमार्फत ब्यापार विजिनेस पनि गर्ने गरिन्छ र मानिसहरुले घरमै वसी बसी सेवा सुविधा पाइरहेको अवस्था छ ।

तथापी यदा कदा यही सुविधाको दुरुपयोग गरी अहिले अनलाइन पे प्रयोग गर्दै काठमाडौंको विभिन्न ठाउँहरुमा म कोठा खोजिदिन्छ पहिला निश्चित एडभान्स रकम राखिदिन भनेर अनलाइनमा कुरा हुन्छ र ग्राहकले सो तोकिएको रुपैंया अनलाईनमार्फत पे गरिदिन्छन् र लोकेसन दिएको ठाउँमा पुग्छन् ।

घण्टौं, दिनौं कुर्छन तर सम्बधित मानिस त्यहाँ आउँदैनन् र हार खाएर कोठा खोज्ने मानिसहरु हिड्दछन् । हो, यस्तै घटना आज मात्र काठमांडौको तारकेश्वर नगरपालिका लामवगरको सिटिजन बैंक अगाडि घटेको छ ।

सो सिटिजन बैंक अगाडिको किराना राशन पसलकी साहुनी भन्छिन् “मोवाइल नंम्वर +977-9827464021 प््रयोग गर्ने प्रयोगकर्ताले अनलाइनमा कुरा हुँदा यही नम्वरमा आवश्यकता अनुसार पैसा माग्छन् र ग्राहकले पनि पैसा दिन्छन् र भनेबमोजिमको कोठा खोजिदिन् भन्छन् । यसको लोकेसन ट्याक सिटिजन बैंक नेपालटार भनेर दिइन्छ तर फोन गर्दा फोन रिसिभ भएपछि तपाई नेपालटारको सिटिजन बैंकको अगाडि आउनुहोस न भन्छ ।

जहाँ कि उक्त ठाउँमा त्यो बैंक नै छैन र पीडित सम्बन्धित पक्ष स्वयंमले फोन गरी दुई वटा कोठाको आवश्यकता पर्यो भन्दा उक्त फोनबाट बोल्ने एक जना महिलाले तपाइँ कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्छिन् र मनमैंजु प्रेटेलपम्म सिटिजन बैंकको नजिक छु तपाइँ अफिसबाट बाहिर निस्किनु भन्दा फोन अन्तमा अफ गरिन्छ ।“ ठगिनेमा मुगु खत्याङ्गका विशाल र उमेश त्यसैगरी रामेछापका कुलबहादुर नाम गरेका ब्यक्तिहरु छन् भने ठगी धन्दामा संंलग्न हुने ब्यक्तिहरुको हकमा माथि उल्लेखित मोवाइल नम्वरसहित ह्वाट्सएप र युजर लाइफ प्रोपर्टीको लोगो पनि देखिन्छ ।

पीडित ब्यक्तिहरु सम्बन्धित प्रहरी कार्यालयमा उजुरीको लागि गएका छन् । यस्ता अवैध रुपमा सञ्चालन गरिएका काला धन्दाबाट सवै जना सजग रहनुपर्ने देखिन्छ । यदि त्यस्ता ब्यक्तिहरु फेला पर्दछन् भने तुरुन्तै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने प्रत्येक नागरिकको दायित्व पनि हो ।

न्युज24ग्यालेक्सी टिमसगं पिडितले बयान दिए लगत्तै हामीले सो नम्बरमा सम्र्पक गर्दा अफ गरी बसेको र सम्र्पक नभ्एको जानकारी गराउछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment