Comments Add Comment

Advertisment

SKIP THIS

युगान्डाविरुद्धको टी-२० का लागि नेपाली टिम घोषणा

२८ वैशाख, काठमाडौं । युगान्डाविरुद्ध यसै महिना हुने टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय टिम घोषणा गरेको छ ।

१६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

नेपालले कीर्तिपुरस्थित टीयू मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको कप्तानीमा घोषित टिममा सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, अस्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरन्मायी रोय र रितु कनोजिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै