
३० पुष, काठमाडौ । पछिल्लो समय बैंकले दिएको ज्यादती र पीडा भोग्ने ग्राहकहरुको संख्या उच्च हुदै गइरहेको छ, उक्त जमातले बैंकहरुलाई टाईसुट लगाएका गुण्डाको उपमा समेत दिने गरेका छन्। अन्य बैंकहरुको तुलनामा यो साँचो नहोला तर सिटिजन्स बैंक इन्टेनशनल लिमिटेडको हकमा भने यो कुरा सत् प्रतिशत साँचो देखिएको छ ।
उक्त बैंकको काठमाडौँस्थित न्युरोड शाखाले बैंकका अध्यक्ष राजनसिंह भण्डारी जो पहिला सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए उनैको खटनपटनमा चल्ने प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल कै निर्देशनमा एक पटक कर्जा लिएर उक्त कर्जाको सावाँव्याज सबै चुक्ता गरिसकेका ग्राहकलाई बलमिच्याई गरी पुन कर्जा तिर्न बाध्य पारेको छ । श्रोतका अनुसार बिष्णुराज गिरी नामका ग्राहकले उक्त बैंकको न्युरोड शाखाबाट बिसं २०७६ चैत दुई गते पाँच बर्षको लागि १० लाख रुपैयाँ सहुलियत कर्जा लिएका थिए ।
तर बैंकले कर्जाको तिर्ने अवधि बाँकी रहेकै अवस्थामा बलबिच्याई गरेर कर्जा तिर्न बाध्य बनायो । यसरी बाध्य बनाएपछि ऋणीले भदौमा नै बैंकको सावाँव्याज सबै चुक्ता गरिदिए । त्यसपछि केही महिना बैंक चुप लागेर बस्यो । पीडित ग्राहकका अनुसार असोज, कार्तिक, मंसिर र पुसम्म बैंक चुप लागेर बसेको थियो । बैंकले कर्जा चुक्ताको रिपोर्ट पनि ति ग्राहकलाई दिएको थियो ।
तर पुस मसान्त लागेपछि भने बैंकले ति ग्राहकलाई तपाईको सिस्टममा देखिदैंन भन्दै पुन २२,००० रुपैयाँ तिर्न ताकेता गरेको स्वंम ति ग्राहकले बताएका छन् । बैंकले त्यसो भनेको समयमा लोन चुक्ता गरेका ऋणी काठमाडौँ बाहिर गएका थिए । पछि बैंकको न्युरोड शाखाकी प्रमुख रिमा राजबंशीले उक्त कर्जामा गल्ती भयो भन्दै मिडियामा नआउन आग्रह गरिन तर पैसा चाँही तिनु पर्छ भनिन्, पीडित ग्राहकले भनेका छन् ।
बैंकको यो कर्तुत मात्र होईन यसअघि धेरै कर्तुतहरु रहेको दावी श्रोतले गरेको छ । एक पटक सिटिजन्स बैंकबाट कर्जा लिएर चुक्ता गरेपछि पनि पटक पटक कर्जा तिर्न बाध्य बनाउने बैंकको बदनियत देखिएको छ । बैंकले यसो गर्नुको प्रमुख कारण बढी नाफा देखाउनको लागि भएको श्रोतले बताएको छ ।







