Comments Add Comment

२२ वर्षीया महिलामाथि बलात्कार आरोपमा टोखाबाट एक जनालाई प्रहरीले पक्राउ

काठमाडौं । २२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका हुन्।

उनलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले बुधबार बिहान पक्राउ गरेको हो।

उनले ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा महिलामाथि बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै