Comments Add Comment

Advertisment

SKIP THIS

चुनावी माहोलमा संचार माध्यामको भूमिका !

१८ चैत , काठमाडौं । पत्रकार ऋषी धमलाले एउटा कार्यक्रममा भने कि, ” हिजो टाउकाको मूल्य तोक्ने र तोकिने वातावरण बनेको भएता पनि आज शेरबहादुर देउवा र प्रचन्डको सहयात्रा ढिलै भएपनि सँग सँगै अगाडि बढेको छ । अवको दिनमा उहांहरु आधा आधा समय प्रधानमन्त्री बन्नुपर्छ । उहाँहरुको सहकार्य सहयात्राको शुभकामना ” त्यसपछि , उनले यो पनि भन्न पछि परेनन ” आज केपी ओली सरकारको पालामा भन्दा देउवाको पालामा बिकासले फडको मारेको छ, एमालेवाहेक सवै कम्युनिष्ट धार उनको पछाडि लुरुलुरु हिड्न बाध्य छन , यो उनको खुबीको कुरा हो ” । तर उनले यसो भन्दै गर्दा माधव कुमार नेपालको भने नामै लिन भ्याएनन । उता माधव भने ऋषीमाथि छड्के आंखाले हेरिरहेका थिए ।

यसरी अहिले चुनाव नजिकिदै गर्दा गठबन्धनलाइ बाहिर बाहिर जति सहज परिस्थिति भनिएको छ भित्रीरुपमा निकै कठीनाइको पहाड उनीहरुको अगाडि तेर्सिएको छ । एमसीसीले जनता तरङीत छन, भित्र भित्रै बढी गठबन्धनसंग जनता चिढिएका छन । नेकपा टुक्रिएर ३ , एमाले २, जसपा २ , विवेकशिल साझा पार्टी २, माओवादी कयौं टुक्रा हुंदासमेत काङ्रेस एक्लै चुनाव लड्न सक्ने आंट नगरी कम्युनिस्टकै बैशाखी खोजेको देखिन्छ भने अर्कोतिर “निउं खोजेर गएकोलाइ के को घिउ ” भनेजस्तो नेकपा समाजवादी र माओबादीले भने जतिसुकै क्रान्तिको कुरा गरेपनि जनतालाइ विश्वस्त दिलाउन सक्ने ठाउँ राखेको देखिदैन । त्यसैले त कांग्रेसलाइ फुर्क्याएर हुन्छ अथवा घुर्क्याएर बित्ताभर नछोड्ने मनस्थितिमा छन उनीहरु । तर काङ्रेसका अधिकांस कार्यकर्ता भने स्थानीय चुनावी तालमेलको बिरोधमा छन । त्यसको एउटा उदाहरण हो भरतपुर महानगरपालिकाका काङ्रेस नेताको भनाइ ।

अहिले सरकारको कामकारवाहीको गतिबिधिलाइ हेर्ने हो भने गठबन्धन जोगाउने नाममा जनताले खाद्यान्न लगाएत दैनिक उपभोग्य सामाग्रीदेखि हरेक बस्तुमा महंगीको मार खेप्नु परिराखेको छ । भागवन्डाको राजनीतिले चरम नातावाद, कृपावाद, डनवाद मौलाएको छ । भ्रस्टाचारले सीमा नाघेको कुरा त प्रदेश प्रमूख कुल केसी कान्ड नै पर्याप्त छ । हरेक प्रदेशमा मन्त्रालयको भाग नपुगेर टुक्र्याइएको छ र बोर्डमा सिमीत राखिएको छ । गठबन्धनका हरेक दलहरुको डर भनेको केवल अव नजिकिदै गर्दाको चुनाव र जनतासंग हो । तर जनता अव धेरै चनाखो भइसकेका छन । हुन त, पैसा, पावर, पद र प्रतिष्ठाको लडाइमा अल्झेको नेपालको राजनीतिमा चुनावी परिणाम कसको कस्तो आउँछ भन्न सकिने स्थिति छैन । ऋषी धमलाजस्ता “जता मल्की उतै ढल्की ” पत्रकार अझ दुइ चार जना हुने हो भने जर्मनको गोयबल्सको माथ गर्थे र हुने कुरालाइ नहुने अनि नभएको कुरालाइ यथार्थ हो भनि समाचार माध्याममा प्रचार प्रसार गर्दथे । जसले गर्दा सरकार निर्धक्क अगाडि बढोस ।

अझ अहिलेको सरकारले बाह्यीय कुटनीतिमा अमेरिकालाइ खुशि पारी एमसीसी पास गर्दा चीन रिसाएको छ र मौका पर्दा उ पनि भारत भन्दा के कम ! उता रुस युक्रेन युद्दमा युक्रेनको समर्थनमा कुरा गर्दा रुस पनि चिडिएको छ । भारतको त संधै दोहोरो चरित्र नेपालको भलो कहिले चाहेको छ र ! पाकिस्तानसंगको सम्बन्ध खासै राम्रो छैन । त्यसैले, निकट आउंदै गरेको स्थानीय चुनावमा जुन जुन दलहरुको हर्कत जेसुकै भएतापनि समाचार संप्रेषण गर्दा निश्पक्ष , सत्य तथ्य खवरहरु प्रकाशित गरिदिने हो भने जनताले पनि अझ कुन उमेद्वार कस्तो चरित्रको छ प्रष्ट थाह पाउथे र हाम्रालाइ भन्दा नि राम्रा योग्यलाइ रोज्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

संचार र पत्रकारिता !

Advertisment

छुटाउनुभयो कि? सबै

संचार र पत्रकारिता !