Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल चलचित्र प्राविधिक संघ नेफ्टाको अध्यक्षमा पुष्कर लामा निर्वाचित

काठमाडौं , नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) पुन: निर्वाचित भएका छन्।

बिहीबार काठमाडौंमा सम्पन्न साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। उनी अध्यक्षमा निर्वाचन भएको यो तेस्रो पटक हो। यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए।

‘मैले २०७२ र २०७५ सालमा चुनाव लडेर अध्यक्ष पद हासिल गरेकाे थिएँ। यसपालि सर्वसम्मत अध्यक्ष निर्वािचत भएकाे छु,’ अध्यक्ष लामाले भने।

उनीसँगै अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएका छन्। युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै