Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पेस्तोलसहित पक्राउ

काठमाडौं, प्रहरीलाई देख्‍दा पेस्तोल फ्याँकेर भागेका एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पेस्तोलसहित पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश बानिया छन्।

बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनीविरूद्ध गत चैत १८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

बुधबार साँझ ६ बजे काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनस अटो रिकन्डिसन नजिकै बसिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो।

तर प्रहरीको भ्यान देख्न बित्तिकै उनले बोकेको कालो झोला सडकमा फालेर भागेका थिए। एसपी रिजालका अनुसार उक्त झोलाभित्र एउटा पेस्तोल, म्यागजीन र ११ वटा गोली बरामद भएको थियो। त्यसपछि प्रहरीले उनलाई खोजी गर्नेक्रममा बुधबार राति पौने १० बजे भक्तपुर नयाँ ठिमीबाट पक्राउ गरेको हो।

उनीविरूद्ध बैंकिङ कसुर तथा हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको एसपी रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै