Comments Add Comment

Advertisment

SKIP THIS

आगामी मंसिरमा युथ गेम्स हुने : अध्यक्ष सुसन दुलाल

सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ-स्पोर्टस गरि ६ खेलकम प्रतिस्पर्धा हुनेछ।

कार्यक्रमको उद्देश्य नव प्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।

‘नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य राखेको छ । हामीले १० वर्षे योजना बनाएका छौं ।

यो पहिलो वर्ष भएकाले प्रदेश स्तरबाट मात्रै खेलाडी छनोट गरेका छौं । आगामी वर्षदेखि ७७ वटै जिल्लाबाट खेलाडी छनोट गरेर ल्याउने योजना छ,’ आयोजक संस्थानका अध्यक्ष सुसन दुलालले भने ।

अध्यक्ष दुलालले विभिन्न विधालयसँगको सहकार्यमा खेलाडी छनोट गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै