Comments Add Comment

Advertisment

SKIP THIS

अपराधमा बाबुछोरा- नक्करी भुटानी शरणार्थीदेखि सुन काण्डसम्म

१२ साउन , काठमाडौ । राजनीतिमा लागेका नेताहरू सत्ता र शक्तिको आडमा आफू मात्र भ्रष्ट भएका छैनन्, आफ्नै सन्तानलाई भ्रष्ट बनाउन सक्रिय छन् भन्ने कुरा भुटानी शरणार्थी काण्ड र सुनकाण्डबाट पनि पुष्टि भएको छ ।

देशका पछिल्ला केही ठूला काण्डहरूमा धेरै नेताका बाबु–छोरा संलग्न देखिएका छन् । गम्भीर किसिमका अपराधका घटनामा समेत नेताहरूका छोराको संलग्नता भेटिएको छ । छोरालाई माफिया र तस्कर समूहसँग निकट गराएर अवैध गतिविधिमा लगाउने प्रवृत्ति सबैजसो पार्टीका नेताहरूमा व्याप्त छ । यसले नेपालको राजनीतिलाई थप भ्रष्टीकरणको बाटोमा अघि बढाएको छ ।

रायमाझीका बाबु–छोरा सँगै जेलमा
नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप यतिबेला केन्द्रीय कारागारमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा रायमाझी बाबु–छोराको संलग्नता देखिएको हो । बिचौलिया सन्देश शर्मासँगको संगतले उनीहरुको यो हालत भएको हो । दाङ घर भएका शर्मा र रायमाझीको संलग्न २०६४ सालदेखि नै हो । विभिन्न अवैध काममा लगाउने र त्यसवापत शर्माले रायमाझीलाई आर्थिक सहयोग गर्ने मात्र होइन, विदेश घुमाउन लैजानेसमेत गरेका थिए ।

बिचौलियाहरूसँग घुम्न गएको फोटोहरू समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए । त्यसलाई टोपबहादुरले स्वीकारेका पनि छन् । यसरी बिचौलियासँगको संगतले टोपबहादुर पैसाका लागि जे पनि गर्ने अवस्थामा पुगे ।

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा टोपबहादुरले नै छुट भुटानी शरणार्थीको नाममा नेपालीको नाम हालेर अमेरिका लैजाने धन्दा चलाएका थिए । बादलका सुरक्षा सल्लाहकार रहेका डा।इन्द्रजित राईसँग उनको साँठगाँठ थियो । पछि बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन कार्यान्वायनमा पनि उनले सहयोग गरेका थिए । केपीशर्मा ओली सरकारमा मन्त्री हुँदा उनले त्यसरी नीतिगत भ्रष्टाचारलाई सघाएका थिए ।

त्यसवापतको पैसा उनले छोराको खातामार्फत लिएका थिए । सोही आधारमा छोरालाई समेत उनले जेल पुर्याएका छन् । त्यसो त सन्दीपका नाममा कपिलवस्तु लगायत जिल्लामा उनले करोडौंको जग्गा खरिद गरेको समेत छानबिनमा खुलेको छ । यस विषयमा विस्तृत अनुसन्धान हुन सकेमा उनका थप अपराध बाहिर आउनेछन् ।

सुन तस्करीको छानबिनमा महरा बाबुछोरा
माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि यतिबेला सुन तस्करीमा मुछिएका छन् । चिनियाँ नागरिकलाई सुन तस्करीमा सघाएको आरोपमा उनीमाथि छानबिन भइरहेको छ ।

एक चिनियाँ समूहले बिद्युतीय चुरोटभित्र लुकाएर नेपालमा सुन तस्करी गर्दै आएको थियो । त्यसमध्ये दुई सुटकेश विमानस्थलमा बरामद भयो र पछि विमानस्थलस्थित भन्सार कार्यालयबाटै सुन लुकाइएको इलेक्ट्रिक चुरोट साटिएपछि छानबिनको क्रममा यो प्रकरण बाहिर आएको थियो ।

भन्सारले बरामद गरेको चिनियाँको सामान लिलामीका लागि बुझ्न राहुलले पटक–पटक भन्सारका कर्मचारीलाई फोन गरेका थिए । ती चिनियाँसँग कृष्णबहादुर महराको पनि पटक पटक सम्पर्क देखिएको छ ।

सुन ल्याउने चिनियाँ नागरिक त्यतिबेला नै चीन भागिसकेका थिए । उनलाई पक्राउ गर्न नसक्दा महरा बाबु–छोराको यसमा संग्नताको विवरण थाहा हुन नसकेको सीआइबीका अधिकारी बताउँछन् ।

प्रत्यक्ष रुपमा सुन तस्करीमा सघाएको नदेखिए पनि सुन तस्करसँग उनीहरूको निकटता भने प्रष्ट भइसकेको छ । सीआइबीले भन्सारका नासु रेवन्त खड्कासहित नौ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment