Comments Add Comment

Advertisment

SKIP THIS

सानी बालिकाले जेसीबी तानेको भिडियो भाइरल

४ माघ , काठमाडौ । साना बालबालिकासँग खेल्नुको मज्जा बेग्लै हुन्छ । उनीहरु खेल्दा जुनै उमेरका मानिस पनि बालबालिका झै व्यवहार गर्न पुग्छन् ।

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ, जहाँ एक सानी बच्चीले ठुलो जेसीबी आफ्नो खेलौनाले तानेकी छिन् । भिडियोमा देखिए अनुसार हिलो कच्ची सडकमा एउटा जेसीबीलाई एक सानी बालिकाले आफ्नो खेलौना ट्याक्टरले तानेकी छन् ।

रमाइलो त के छ भने ती बालिकाले जेसीबीलाई डोरी बाधेर तानेको महशुस गरिरहँदा जेसीबीका चालकले पनि उनलाई आफ्नो जेसीबी उनैले तानेको अनुभव पर्ने गरी सुस्तरी जेसीबी चलाउँछन् । तर यो कुरा ती बालिकाले भने थाहा पाउँदिनन् ।

भिडियो हेर्नुहोस्

 

यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । यो भिडियो चर्चामा आउनुमा भारतीय वरिष्ठ उद्योगपति आनन्द महिन्द्राको पनि हात छ । उनले आफ्नो अफिसियल ट्विटर अकाउन्टमा यो भिडियो शेयर गरेपछि भिडियो भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै