Comments Add Comment

Advertisment

SKIP THIS

भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध

०१ जेठ , काठमाडौं । भारतले तत्काल लागू हुनेगरि गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आधिकारिक सूचना प्रकाशित गर्दै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ ।

यद्यपि १३ मे भन्दा अघि ‘लेटर अफ क्रेडिट’ जारी भइसकेका निर्यात अर्डरलाई भने पछिल्लो प्रतिबन्धले असर नपार्ने जनाइएको छ ।

युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता विश्वभर खाद्य संकटको जोखिम बढिरहेका बेला भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्वभर खाद्यान्नको मूल्य बढ्ने अपेक्षा गरिएको छ । यता विकसित ७ मुलुकको समूह जी ७ का गृहमन्त्रीहरूले भारतीय कदमको निन्दा गरेका छन् ।

‘यदि सबैले निर्यातमा प्रतिबन्ध लगाउने वा बजार बन्द गर्दै जान थाले भने यसले संकटलाई अझ खराब बनाउँछ’ जर्मन कृषिमन्त्री जेम ओज्देमिरलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै