Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिमको पोस्टमा एपीएफले हान्यो १९ गोल

७ असोज , काठमाडौ । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हराएको हो ।

एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल गरे । यस्तै सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । एपीएफले दुई गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै एपीएफ ८ खेलमा अविजित रहँदै २२ अङ्कका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम लगातार आठ हारसहित अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment