सशस्त्र प्रहरी बल धनुषाद्वारा १० लाख मूल्य बराबरको तस्करीका सामाग्री बरामद -
Comments Add Comment

सशस्त्र प्रहरी बल धनुषाद्वारा १० लाख मूल्य बराबरको तस्करीका सामाग्री बरामद

९ फागुन , काठमाडौ । सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारीमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हालेसँगै अवैध चोरी पैठारीमा कडाइ गरिएको हो ।

तीन दिनको अवधिमा १० लाख २० हजार मूल्य बराबरकोतस्करीका अवैध सामग्री सीमा इलाकाबाट बरामद गरिएको हो ।

बरामद सामग्रीमा मदिरा, किराना, लत्ताकपडालगायत विभिन्न रहेको बताइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्न प्रभावकारी कार्यसम्पादन गर्न गिरीले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment