काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न आग्रह गरेका हुन् ।
उनले भने-‘३५ बर्ष देखि यो देश लुटेकाहरुले राखेको कालोधनका कारण आज उनीहरुले आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामीलाई थाहा छ यो पैसा कालोधन हो, यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न ठाउमा गरेको सुनिएको छ । त्यसैले नोटबन्दी गर्नुपर्यो सरकारले । तत्काल यी नोटहरुलाई सरकारले लिएर बैकिंग प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो ।’
सांसद न्यौपानेले भारतमा पनि यस्तै गरिएको भन्दै त्यसबाट सिक्नुपर्ने बताए ।




