४ जेठ , काठमाडौँ । जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार ६ सय मतले अगाडि देखिएका छन् । प्रमुखका उम्मेदवार पौडेलले १७ हजार ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धा सरस्वती चौधरीले १५ हजार ४३६ मत ल्याएकी छन् ।
पौडेलले एमालेकी चौधरीभन्दा एक हजार ६ सय मत बढी ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ७२२ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ६०६ मत ल्याएका छन् भने शाहीले १४ हजार ८८४ मत ल्याएकी छन् ।
२४ वटा वडा रहेको जीतपुर सिमरा उपमहानगरमा हालसम्म २१ वडाकाे गणना भइसकेको छ भने बाँकी ३ वडा गणना भइरहेको छ । हालसम्म घोषित नतिजामा नेकपा एमाले १०, नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्र ४, नेकपा एस र लोसपा एक/एक वडामा विजयी भएका छन् ।





