बिजनेश - - Page 2
Comments Add Comment

बिजनेश

List Grid
छोरीसहित प्रियंका कार्की र आयुष्मान देशराज बने वात्सल्यको ब्राण्ड एम्बेस्डर

१ फागुन , काठमाडौ । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुका छोरी आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ ।
वात्सल्यको नारायणचौरस्थित क्लिनिकमाभएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांका निस्सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन् ।
वात्सल्य क्लिनिकका संस्थापकरप्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गरे । निस्सन्तान सम्बन्धि समस्यालाई उनीहरु मार्फत् थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा …

दीपकलाई लिएर ‘हात्तीछाप’को दोस्रो शृङ्खला ‘बोतल राजा’ घोषणा

२४ माघ , काठमाडौ । ‘हात्तीछाप’को दोस्रो शृङ्खला ‘हात्तीछाप २ स् बोतल राजा’ बन्ने भएको छ । फिल्मको इण्डिङमा अभिनेता दीपकराज गिरीको विशेष केमियो सँगै निर्माताले दोस्रो सिक्वेलको जानकारी दिएका छन् ।
मङ्गलवार राजधानीमा आयोजित फिल्मको प्रिमियर समारोह सेलिब्रेटी र कास्ट एण्ड क्रूको उपस्थिति थियो । माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो वर्षकै प्रतीक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर पनि रिलिज हुने छ ।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

६ मंसिर , काठमाडौ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज ९बुधवार० पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भनाइ छ ।
‘हामीले आजको लागि पनि फिल्मको शो राखेका थिएनौँ’, कँडेलले भने, ‘निर्माता संघको वार्ता टोलीका संयोजक अशोक शर्माको अनुरोधमा एक दिन पर्खिएका हौँ।’
‘आज तीन बजेसम्म समय माग गरिएको छ । त्यो समयसम्म समस्या समाधान नभए फिल्मको प्रदर्शन रोक्छौँ’ कँडेलले थपे ।
फिल्म ‘दिमाग …

‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि क्यास व्याक कार्डदेखि स्कुटर उपहारसम्मका कार्यक्रम

२० असार , काठमाडौ । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल निःशुल्क उपलब्ध गराउन सरु गरेको छ ।
मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई निःशुसल्क पेट्रोल उपलब्ध गराउन सरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए ।

बाह्रदशी गाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामान खरिदका लागि आउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्था लाग७त्रगयतस गरेको हो । टाढाबाट आउने ग्राहकलाई तीन हजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामान खरिदमा एक लिटर पेट्रोल निःशसुल्क उपलब्ध गराउन सरु गरेको हो ।
ग्रामीण क्षेत्रमा रहेर एउटै छानाम७३घढसनि सबै प्रकारका सामग्री …

खातावालालाई थाहै नदिई माछापुच्छ्र्रे बैंकबाट ९ लाख रकम गायव !

८ जेष्ठ , काठमाडौ । माछापुच्छ्र्रे बैंकको चन्द्रपुरस्थित शाखाबाट एक सेवाग्रहीको रकम गायव भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वर राय यादवको खाताबाट ९ लाख १ हजार रुपैयाँ थाहै नदिई झिकिएको पीडितले बताएका छन् ।
यादवका अनुसार उनले बिहिबार १२ लाख २० हजारको तीववटा चेक क्लियरिङ्गको लागि बैंकमा जम्मा गरेका थिए । ९ लाख, २ लाख २० हजार र १ लाखको चेक उनले बिहिबार माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा क्लियरिङ्गको लागि हालेकोमा शुक्रबार दिउँसो २ः४० मा उनको खातामा सो रकम जम्मा भएको थियो । बैंकमा रकम जम्मा भएपछि आइतबार …

३५ दिनभित्र ऋण नतिरे घरजग्गा लिलाम गर्ने चेतावनी

४ जेठ , काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घर जग्गाको कर्जा चुक्ता गर्न ताकेता गरेको छ ।
बैंकले बिहीबार एक सूचना जारी गर्दै आफ्नो सुरक्षणमा रहेका ११ व्यक्ति तथा फार्महरुले विभिन्न शाखाबाट कर्जा लिएको र सावा ब्याज नियमित रुपमा नतिरेपछि ति घर तथा जग्गाहरुको कर्जा ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । तोकिएको समयभित्र (असार ५ गते) चुक्ता नतिरे ३६ औं दिनबाट ति घर जग्गगहरु लिलाम गरिने बैंकले जनाएको छ ।

प्रकाशित सूचनाकाअनुसार ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा ऋणी र व्यक्तिगत जमानी दिनेहरुलाई कालोसूचिमा राख्ने र कर्जा सुरक्षणमा …

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

३ जेठ , काठमाडौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य …

मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन : महासङ्घ

३० वैशाख , काठमाडौ । नेपाल वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर घटाउने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने, नियमित ब्याज भुक्तानी भइरहेको ऋण भुक्तानीको समयसीमा थप गर्न सकिने लगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ । तर मौद्रिक नीतिका समीक्षाबाट गरिएको व्यवस्थाले बजार चलायमान हुन सक्ने अवस्था नरहेको महासङ्घको भनाइ छ ।
‘समीक्षाले खराब कर्जाको जोखिम, बढ्दै गएको मुद्रास्फीति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरे पनि ठोस र पर्याप्त …

युवायुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा

२३ वैशाख , काठमाडौ । गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउछन् । आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउछन् ।
आफ्नो बुवाबाट फलामका सामग्री बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ४६ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उनको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ । उनले लामो समय बालीघरेरूपमा कामसमेत गरे । बालीघरे बनेर काम …