Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौ -७ मा रास्वपाले काग्रेशलाई भारी मतले पछि पार्दै , सुर्य र तारा तेस्रोको लडाईमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. ७ मा चुनावी माहोल तात्दै गएको छ।

कुल ६७ हजार ४११ मतदाता रहेको यस क्षेत्रमा करिब ६० देखि ७० प्रतिशत मतदान हुने अनुमान गरिएको छ। यसअनुसार झर्ने मत संख्या ४० हजारदेखि ४७ हजार को हाराहारीमा रहने देखिन्छ।

चुनावी मैदानमा प्रमुख दल तथा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतदातामाझ परिवर्तन, विकास, सुशासन र स्थायित्वका एजेन्डा लिएर उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय रहेका छन्।

घण्टी चुनाव चिह्नबाट उम्मेदवारी दिएका गणेश पराजुली यस क्षेत्रमा अग्रस्थानमा रहने स्थानीय स्तरको प्रारम्भिक आँकलन गरिएको छ। फिल्डमा देखिएको जनसमर्थनका आधारमा पराजुलीले करिब ११ हजारदेखि १३ हजार मत ल्याउन सक्ने अनुमान छ। तारकेश्वर र नागार्जुन नगरपालिकाका विभिन्न वडासहित काठमाडौं महानगरका वडा १६, १७, १८ र २५ बाट उनको मत आधार बलियो देखिएको छ।

त्यस्तै रुख चुनाव चिह्नका प्रमोदहरि गुरागाँई ले परम्परागत मत आधारका कारण ६५००देखि ७५०० मत प्राप्त गर्ने अनुमान गरिएको छ। अघिल्ला निर्वाचनमा कांग्रेस मतदाताले रुखमा मतदान गर्न नपाएको र नयाँ मतदाता वृद्धि न्यून रहेको विश्लेषणले मत विस्तारमा चुनौती देखिएको छ।

यसैबीच सूर्य चुनाव चिह्नका प्रकाश श्रेष्ठ र तारा चिह्नका वसन्त मानन्धर बीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने देखिएको छ। नगर क्षेत्रमा मानन्धरको प्रभाव बलियो भए पनि ग्रामीण क्षेत्रमा घण्टीको बढ्दो प्रभावले सूर्यको परम्परागत मत प्रभावित हुन सक्ने आँकलन गरिएको छ।

समानुपातिकतर्फ पनि प्रतिस्पर्धा रोचक देखिएको छ। प्रारम्भिक अनुमानअनुसार घण्टीले १५ हजारदेखि २० हजार मत ल्याउन सक्ने सम्भावना रहेको छ भने दोस्रो र तेस्रो स्थानमा दलहरूबीच उलटफेर हुने संकेत देखिएको छ।

स्थानीय मतदातासँगको कुराकानी र फिल्ड अवलोकनले यस क्षेत्रमा परिवर्तनको चाहना बलियो देखिएको संकेत गरेको छ। विकास, रोजगारी र सुशासनका मुद्दा मतदाताको प्राथमिकतामा परेका छन्। स्थानीयका अनुसार करिब ११–१३ हजार मत ल्याउने उम्मेदवार नै विजयी हुने सम्भावना रहेको छ।

अब भने काठमाडौ मतदान र त्यसपछिको मतगणनाले काठमाडौं–७ को अन्तिम राजनीतिक तस्वीर स्पष्ट पार्नेछ। चुनावी परिणामले परिवर्तनको लहर बलियो हुन्छ कि परम्परागत मत नै निर्णायक बन्छ भन्ने चासो बढेको छ।

यो न्युज24ग्यालेक्सीले अनुमान लगाएको रिपोर्ट हो तर सहि सत्य रिपोट फागुन २१ पछि नै आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै