Comments Add Comment

Advertisment

SKIP THIS

बैशाख १ बाट हरेक दिन बुलेटिन प्रकाशन गर्ने

२८ चैत , काठमाडौं । निर्वाचन आयोगले चैत २९ देखि बैशाख ३ सम्म सातै प्रदेशमा ७०८ स्थानमा खटिने निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालय प्रमुखका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम पौडेलले पाँच दिन अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

तालिमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति र प्रमाणपत्र समेत दिने कार्यक्रम रहेको आयोगले जनाएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले बैशाख १ गतेबाट हरेक दिन बुलेटिन प्रकाशन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै