रूवाँएर जाने तिम्रा
आँशुहरू सागर बनुन
छुटाएर जाने तिम्रा
हातहरू पहरा बनुन
कुराएर जाने तिम्रा
यात्राहरू सफल बनुन।।
सपनाहरू बुनेर फेरि
अलपत्र छोडि दियौं
आशाहरू देखाएर
अन्धकारमा छोडिदियौं
मिठा मिठा कल्पनाहरु
कति छिट्टै बिर्सि गयौं।।
सपनामा आँउ है फेरि
मिठो बिहानी बनाएर
आफैलाई ल्याउ है फेरि
हिजो जस्तै सजाँएर
कुरेर बस्छु यतै फेरि
सपनाहरू बनाएर।।
जहाँ जान्छौ बनाँउ तिमी
मिठा मिठा कल्पनाहरु
सगै सगै बुनेका तिनी
सपनाका बिम्बहरू
नर्बिस है हाम्रा मिठा
बिगतका ति पलहरु
सबल बनुन पाइलाहरू
सदाँ मेरो कामना तिमीलाईं।।
-दिनेश घिमिरे
बिरूवा, भक्तपुर।।


