Comments Add Comment

Advertisment

SKIP THIS

“प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८२ औं समूह (PGDPS 13th Batch) को समुद्‍घाटन

काठमाडौं ,निमित्त प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाको प्रमुख आतिथ्यतामा “प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८२ औं समूह (PGDPS 13th Batch) को समुद्‍घाटन कार्यक्रम सम्पन्‍न भयो ।

समुद्‍घाटन समारोहमा मन्तव्य व्यक्त गर्ने क्रममा नव प्रवेशी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई प्रशिक्षणको दौरानमा आफूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई जस्तोसुकै कठिन परिस्थिको सामना गर्न सक्ने सामर्थ्य भएको प्रहरी अधिकृत बन्‍नुपर्ने तथा प्रहरी राष्ट्र सेवक भएकोले कार्य सम्पादन गर्ने क्रममा विशेष गरी समाज तथा जनताको हित हुने कार्य गर्न निर्देशन दिनुभयो ।

साथै प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले यसलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको कुरा व्यक्त गर्नुभयो । आधारभुत तालिममा समावेश Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम प्रहरी सेवा अवधिभर महत्वपूर्ण रहने कुरा व्यक्त गर्दै प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई तालिम अवधिभर मेहनत र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्‍न निर्देशित गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायाका डिन प्रा. डा. श्री डिल्लीराज शर्माले समेत छोटो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिम समूहमा ३९ जना नव प्रवेशी र ११० जना विभागीय गरी कुल १४९ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

समुद्‍घाटन समारोहमा त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायाका डिन प्रा. डा. डिल्लीराज शर्मा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणा, प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै