२६ बैशाख , काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिनुभएको छ । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा नाका बन्द रहनेसमेत उहाँले बताउनुभयो ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते मङ्गलबार राति १२ बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्ण बन्द रहने प्रजिअ पौडेलको भनाइ छ ।







