Comments Add Comment

Advertisment

SKIP THIS

न्यायपालिकालको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

४ साउन , काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली न्यायपालिकामा बिकृती बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृती नियन्त्रण गर्न माग गरेका हुन् ।

‘देवयानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० बर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, ‘करिव २ सय न्यायधिसलाई न्यायपरिषदले छानविनको दायरमा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेर अघि बढनु पर्छ ।’ सरकारले छानविन आयोग गठन गरेर जनतालाई वेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै