Comments Add Comment

Advertisment

SKIP THIS

बालिका बलात्कारका अभियुक्त जोगाउन खोज्नेलाई कारबाही गर्न माग

३ असार , काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका अभियुक्त जोगाउन खोजेको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेको छ । राष्ट्रिय अभियानले शुक्रबार विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।

बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले ‘बालिका बलात्कारको मुद्दा कमजोर बनाउन’ महान्यायाधीवक्ताको कार्यालयले दबाब दिएको र दबाब नमानेकै कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् ।

ललितपुरमा सुशील चटौत जोडिएको बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई महान्यायाधीवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडा सरुवा गरेको छ ।

राष्ट्रिय अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पीडकलाई उन्मुक्ति दिन, बालिकालाई होस्टाइल गर्न र मुद्दालाई कमजोर बनाउन संलग्न राज्यका निकाय, व्यक्ति र महान्यायाधिवक्ता समेतलाई छानबिनको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ । आजैका मितिदेखि पीडित बालिकालाई सरकारले संरक्षणमा लिई भविष्यमा अरु बालबालिकाउपर हुन सक्ने यस्ता घटनामा अभिभावकत्व ग्रहण गर्न सरकार तयार छ भन्ने सन्देश दिन पनि हामी जोडदार माग गर्दछौँ ।’

अभियानले उक्त घटना बालबालिकाको हकहित र अधिकारको संरक्षण तथा सम्बद्र्धनका लागि विश्वव्यापी संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थाको गम्भीर उल्लंघन भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै