Comments Add Comment

Advertisment

SKIP THIS

भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

१८ बैशाख , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टाचार गरी कमाउँछु भन्ने मनसाय बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,’ उनले भने।

स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।

‘देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै