१२ बैशाख , काठमाडौं । तालमेलको निर्णयविपरीत उम्मेदवारी दिने उम्मेदवारलाई पराजित गराउन सत्तारुढ गठबन्धन सहमत भएका छन् ।
केन्द्रमा बनेको निर्णयविपरीत गठबन्धनमा आवद्ध कतिपय दलले स्थानीय स्तरमा उम्मेदवारी दिएपछि गठबन्धनले यस्तो निर्णय गरेको हो ।
गठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । देशभर पूर्ण रुपमा तालमेल नभएको निष्कर्षसहित गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गर्दै गठबन्धनको निर्णयअनुसार मात्र मनोनयन दर्ता गर्नसमेत निर्देशन दिएको छ ।






