२६ माघ, काठमाडौं । प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेको परालको कुनिउमा लुकाई राखेको करिब ४१ केजी अवैध लागूऔषध गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ ।
उक्त स्थानमा लागूऔषध लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्र ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





