Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं–६ मा कांग्रेस, नेकपा र एमालेमाथि आचार संहिता उल्लङ्घनको गम्भीर आरोप-निर्वाचन आयोगमा उजुरी पुगेको दाबी

काठमाडौं क्षेत्र नम्बर ६ मा चुनावी आचार संहिता उल्लङ्घन भएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा शुभचिन्तकहरूविरुद्ध आरोप उठेको छ।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केही सम्बद्ध व्यक्तिहरूले आचार संहिता विपरीत गतिविधि गरेको दाबी गरिएको छ।

नेपाल सरकार अन्तर्गतको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा वडा सदस्य निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि, फेसबुकमा ‘किशोर भण्डारी’ नामक पेजमार्फत सार्वजनिक रूपमा मत माग्दै आचार संहिता उल्लङ्घन गरेको आरोप लागेको छ।

निर्वाचन आचार संहिताले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई निर्वाचन अवधिमा निश्चित मर्यादा पालना गर्न निर्देशन दिएको छ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट घरदैलो अभियानमा सक्रिय रामसुदनले पनि आचार संहिताविपरीत गतिविधि गरेको आरोप स्थानीय स्रोतहरूले जनाएका छन्।
त्यस्तै, एमालेका केही शुभचिन्तकहरूले समेत सामाजिक सञ्जाल तथा प्रत्यक्ष अभियानमार्फत आचार संहिता उल्लङ्घन गरेको देखिएको दाबी गरिएको छ।

उक्त विषयमा जानकारी प्राप्त भएपछि न्युज24ग्यालेक्सीले निर्वाचन आयोग मा जानकारी गराएको अपुष्ट स्रोतले जनाएको छ।

यद्यपि, यस विषयमा सम्बन्धित पक्ष तथा निर्वाचन आयोगबाट औपचारिक पुष्टि हुन बाँकी रहेको छ।

यस घटनाले निर्वाचन आचार संहिताको पालना र अनुगमनप्रति पुनः प्रश्न उठाएको छ। सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्ने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै