Comments Add Comment

Advertisment

SKIP THIS

विवादित पात्रलाई पोल्याण्डको कन्सुलर नबनाउन सानेपामा उजुरी

१४ असार , काठमाडौं । लामो समयदेखि पोल्याण्डका निम्ति नेपालको अवैतनिक वाणिज्यदूत (कन्सुलर) बन्ने र बनाउने लिगलिगे दौडमा रहेकाहरुको कारण नेपाल र पोल्याण्डलाई जोड्ने कूटनीतिक संयन्त्र नै अन्योलमा परेको छ । यसैको पटाक्षेपको रुपमा कन्सुलर हुने दौडको अग्रपंक्तिमा रहेका एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष तथा पूर्वआईसीसी सदस्य डाक्टर बोधराज सुवेदीलाई कुनै पनि हालतमा कन्सुलर नबनाउन उजुरी हालिएको छ ।

उजुरी नेपाली जनसम्पर्क समिति पोल्याण्डद्वारा नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा १४५ नम्बरमा दर्ता गरिएको छ । प्रधानमन्त्री कार्यालयलाई बोधार्थ दिइएको पत्रमा केही वर्षदेखि पोल्याण्डमा चरम विवादित छवि भएका डाक्टर बोधराज सुवेदीलाई कन्सुलरमा सिफारिस गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । पोल्याण्डमा रहेका नेपालीबीच वैमनश्यता उत्पन्न गराउने तथा जनसम्पर्क समितिलाई विभाजन गर्ने व्यक्तिलाई नै पोल्याण्डको निम्ति कन्सुलर नबनाउन र उक्त कार्य तत्काल रोक्न पत्रमा आग्रह गरिएको हो ।

डाक्टर सुवेदी कन्सुलर हुन नहुने पाँच कारण उल्लेख गरिएको उजुरीमा भनिएको छ, ‘ एनआरएनए पोल्याण्डलाई विभाजित र विवादित तुल्याएको, सुवेदीलाई कन्सुलर बनाउन पोल्याण्डका कुनै पनि सामाजिक र राजनीतिक संस्थाको समर्थन नरहेको,जनसम्पर्क समिति पोल्याण्डविरुद्धका गतिविधिमा मुख्य भूमिका खेल्दै आफ्नो स्वार्थको निम्ति पोल्याण्डको नेपाली समाजलाई दुरुपयोगको प्रयास गरेको ।’

तत्कालीन केपी शर्मा ओलीको सरकारको पालामा डा. सुवेदीको कन्सुलर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गरी उनले आठ जनालाई अवैधानिक तरिकाले युरोप भित्र्याएको आरोप लाग्दै आएको छ । उनी मानव ओसारपसारमा संलग्न रहेको भन्दै त्यतिबेला उक्त प्रक्रिया रोकिएको थियो ।

यद्यपि सुवेदीले प्रेस विज्ञप्तिमार्फत खण्डन गर्दै आठ जनालाई नभई दुई जनालाई मात्र आफूले सहयोग गरेको स्पष्ट पारेका थिए । दोस्रो अधिवेशनपछि विवादका कारण भीम परियार र नारायण चालिसेको नेतृत्वमा दुई वटा जनसम्पर्क समिति पोल्याण्डमा क्रियाशील छन् । डाक्टर सुवेदीले परियार नेतृत्वको समितिलाई आधिकारिक भन्दै निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि चालिसे नेतृत्वको समिति कुनै हालतमा सुवेदीलाई कन्सुलर बन्न नदिने अभियानमा लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै