Comments Add Comment

Advertisment

SKIP THIS

उपरथी शर्मालाई उपत्यका कमाण्ड, केसीलाई सैनिक इन्टेलिजेन्स कोरमा नियुक्त

१३ पुष काठमाडौ । नेपाली सेनाको सहायकरथीबाट उपरथी पदमा बढुवा भएका योगराज शर्मा र प्रदिपजंग केसीलाई नयाँ जिम्मेवारी तोकिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।

२०७८ पुस ८ मा मन्त्रिपरिषद्ले उनीहरूलाई उपरथीमा बढुवा गरेको थियो । बढुवासँगै योगराज शर्मालाई उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मेवारी दिइएको छ ।

अर्का उपरथी प्रदिपजंग केसीलाई सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्री परिषद्को सोही निर्णय अनुसार ७ जना सहायक रथी दर्जामा बढुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment