६ साउन , काठमाडौ । नेकपा एकीकृृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री नियुक्ति भएको एक सातापछि बधाई दिएका हुन् ।
उनले विगतलाई स्मरण गराउँदै कांग्रेस सभापति शेरबहादुर देउवाकै समर्थनमा प्रधानमन्त्री बनेको बताए ।
मध्यराति प्रतिनिधिसभा विघटनदेखि आफ्नै समर्थनको सरकार ढाल्नेसम्मका तपाईंका क्रियाकलापले निश्चित व्यक्तिहरु तरंगित र भावुक भएर अँगालो हालेको त देखिएको छ, तर तत्तत् पार्टीकै नेता कार्यकर्ताहरु अहिलेसम्म जिल्ला तहमा बोलचाल गर्न सकिरहेका छैनन्, जनता उत्साहित भएको देख्न बाँकी नै छ ।’
उनले नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात भइरहेको विषय उल्लेख गरे ।
उनले भने, ‘तपाईं प्रधानमन्त्री बनिरहँदा ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भनेर फ्रान्सको दैनिक पत्रिका ‘लि मोन्ड’ ले समाचार प्रकाशित गरेको आमनेपाली जनताले पनि थाहा पाएका छन् । संसारमै यस्तो सन्देश प्रवाह भइरहेकोबारे गम्भीर हुन जरुरी छ । ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ’ भनेर समाचार प्रवाह हुँदा पक्कै नेपाल र नेपालीले गौरवबोध गर्न सक्दैनन् ।’
नेता नेपालकाे भनाइकाे पूर्ण पाठ




