Comments Add Comment

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको

रंङ्गहरु जस्तै रंगिन बनुन जीवन
उठोस बिबेकमा उत्साहका रंगहरू
कोही कसैमा बिभेद नरहुन कतै
सबैमा सबैप्रति समभाँब रहोस्।।

जीवन सबैको लागि जित बनोस्
रंङ्गहरु सबैलाई एकै गित बनोस्
शत्रुजन्य बिचारहरु असत्यमै मरून
सबैलाई सेबाको भावना जागोस्।।

सुरक्षित फुलुन कोपिलाहरू यहाँ
सुगन्धित बनोस् जीवनका पलहरु
सुकेर जाँउन आखाँहरूमा आँशु
खुशीनै खुशीका आशाहरू पलाँउन्।।

रंङ्गहरुमा जीवन परिवर्तनको भान होस्
रंङ्गहरुमा जीवन शैली अतिरन्जित बनुन
भूलुन ब्यथाहरू आफ्नै आँखाको रंङ्गहरुमा
शुभकामना छ शुभकामना पर्व रंङ्गहरूको।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै