Comments Add Comment

इलाममा अटो दुर्घटनापछि आगलागी, चालकसहित ६ जना घाइते

इलामको फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

मङ्गलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको हो । दुर्घटना लगत्तै अटोबाट पेट्रोल लिक भएर आगलागी भएको थियो।

दुर्घटनामा अटो चालक फाकफोकथुम गाउँपालिका ६ पोखरी बजारका ३५ वर्षीय लोकबहादुर श्रेष्ठ, इलाम नगरपालिका ७ तिल्केनीकी २७ वर्षीया कविता श्रेष्ठ र उनकी आठ वर्षीया छोरी खुसिका श्रेष्ठ गम्भीर घाइते भएका छन् । फाकफोकथुम ६ हाङ्मासुली माइती भएकी कविता घर फर्कने क्रममा दुर्घटनामा परेकी हुन्।

दुर्घटनामा देउमाई नगरपालिका ४ मङ्गलबारेकी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र झापाको कनकाई नगरपालिका माईधारकी ४० वर्षीया रमा कुमारी श्रेष्ठ सामान्य घाइते भएका छन्। फाकफोकथुम ६ हाङ्मासुलीकी २७ वर्षीया मन्दिरा थापा मध्यम घाइते भएकी छन्।

घाइते सबैलाई उपचारका लागि झापास्थित बी एन्ड सी अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै