Comments Add Comment

Advertisment

SKIP THIS

इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ

१० असोज , काठमाडौ । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

जबरजस्ती करणी र ठगी तथा सङ्गठित अपराध मुद्दामा परार रहेका उनीहरुलाई इन्टरपोलको समन्वयमा दुबईबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा ठगी सम्बन्धी मुद्दाका भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । रोमन कार्की भने जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हुन्।

अनुसन्धानको क्रममा उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको खुलेको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोलको समन्वय पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि आज नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै