Comments Add Comment

Advertisment

SKIP THIS

एक सय ३० बिगाहामा अवैध रूपमा लगाइएका अफिम तथा गाँजा खेती नष्ट

१७ माघ , काठमाडौ । राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १ सय ३० बिगाहा जमिनमा अवैध रूपमा लगाइएका अफिम खेती तथा २८ बिगाह १० कठ्ठा जमिनमा लगाइएका गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

गत शनिबारदेखि मंगलबार सम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको हो ।

जसमध्ये राक्सिराङ गाउँपालिकाऔ४ मा रहेको चैत, देबिटार र चौकिदार एरियाको साथै सोही गाउँपालिकाऔ६ अन्तर्गत काङद्राङ, काम्ले, नारायणी र अईनाटर एरियामा लगाइएको अफिम तथा गाँजा नष्ट गरिएको छ भने सोही गाउँपालिकाऔ७ अन्तर्गत छाकुन, भुईबिसौने, धुसेनी, डामटार, जुरिथुम, चौकिडाडा, फेदी, घैयाबारी, गार्लिङ र खर्लिङ एरियाको समेत गरी ९५ बिगाहमा लगाइएको अफिम खेती र २८ बिगाह १० कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

यसैगरी कैलाश गाउँपालिकाऔ७ र ८ का भार्ता, फास्टा, पाख्रे लगायतका विभिन्न वडा एरियाको ३५ बिगाहमा लगाइएको अफिम खेती समेत प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै