२३ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ठुलो संख्यामा लागू औषध समात्न सफल भएको बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख एसपी सुरेन्द्र गुरुङ्गले ७ सय ९८ एम्पुल लागू औषध सहित १ जना नियन्त्रणमा लिएको जानकारी गराउदै यो ठुलो सफल्ता प्राप्त भएको बताउनु भयो ।

प्रमुख गुरुङ्गले जिल्लामा शान्ति सुरक्षा कायम गराउन प्रहरी लागी परेको बताउदै लागु औषध नियन्त्रणमा आफुहरुको सकृयता रहेको र रहिरहने बताउनु भयो । जिल्लामा आफु सरुवा भएर आएको तिन महिनाको अबधिमा अपराध नियन्त्रणमा ठुलो सफल्ता हात पारेको भन्दै शुक्रबार मात्र गोप्य सुचनाको आधारमा हेटौडा उपमहानगरपालिका वडा नं। १९ बस्तिपुर स्थित बर्ष २९ की नानि माया खत्रीको डेराबाट ७ सय ९८ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको जानकारी गराउनु भयो ।

पक्राउ पर्ने खत्री बकैया गाउँपालिका वडा नं.४ छतिवन घर रहेको बताईएको छ । उनि हेटौडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा डेरा गरी बस्दै आएकी र उनको कोठाबाट भएका कोठामा लागू औषध डाईजेपाम २८० एम्पुल,फेनार्गन २६८ एम्पुल र नुफिन २५० एम्पुल गरी जम्मा ७ सय ९८ एम्पुल लागू औषध लुकाई छिपाई राखेको अवस्थामाफेला परेको बताईएको छ । लागुऔषध सहित पक्राउ परेकी खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रमुख गुरुङ्गले बताउनु भयो ।


