Comments Add Comment

९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ

काठमाडौं । ललितपुरको धापाखेलमा ९० वर्षीया वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीका अम्बरबहादुर तामाङ, सन्च तामाङ, जीतमाया घलान र सिन्धुपाल्चोक पाँचपोखरीका भीमबहादुर विक रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

एसएसपी अधिकारीका अनुसार गएको पुस २२ गते दिउँसो साढे १२ बजे धापाखेलस्थित सम्झना बुढामगरको घरमा प्रवेश गरी उनीहरूले कुटपिट गरी नगद तथा गरगहना लगेका आरोप छ । उनीहरूले बुढामगरले कानमा लगाएको सुनको बेरुवा रिङ, सुनको औँठी र सुनको सिक्री डाँकागरी लगेका थिए ।

उनीहरुको साथबाट डकैती गरेर लगेको सुनका गरगहना र २५ हजार रुपैयाँसमेत बरामद भएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै