Comments Add Comment

Advertisment

SKIP THIS

सभामुखको साथमा छौँ : माधव नेपाल

६ पुष काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईंको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।’

तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनले स्पष्ट पारे ।

अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।

उनले भने, ‘भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको, आदर्शप्रति प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment