Comments Add Comment

Advertisment

SKIP THIS

अर्को गठबन्धनको प्रस्ताव बोकेर माधव नेपालको घरमा देउवा दम्पती

२३ फागुन , काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

नयाँ गठबन्धनमा जोडिएर सरकारमा मन्त्री पठाउने तयारी गरेका नेपालसँग छलफल गर्न कांग्रेस नेता रमेश लेखक पनि पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले निवासमै पुगेर नेपाललाई सरकारमा सहभागी हुन फकाएका थिए ।

गठबन्धन फेरिएसँगै किनारामा पुगेका नेपाल पुनः सरकारमा सहभागी हुन सकारात्मक देखिएको बैठकमा सहभागी नेताहरूले बताएका थिए ।

आज बिहानै कांग्रेस सभापति देउवाले अर्को गठबन्धनको प्रस्ताव सहित नेपाल निवास पुगेको कांग्रेसका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment