Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु

०६ जेठ , काठमाडौं । दाङमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु भएको छ ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-४ हर्नेटीमा बिहिबार साँझ टिप्परले ठक्करबाट कपुरकोट गाउँपालिका-३ का १८ वर्षिय आकाश सेनको मुत्यु भएको हो ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मुत्यु भएको हो । राप्ती प्रादेशिक अस्पतालमा शबको पोष्टमार्टम अझै हुन सकेको छैन । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै