Comments Add Comment

Advertisment

SKIP THIS

गीतकार सुरजको ‘एक झल्को’ मा एलिना चौहान

२३ पुष , काठमाडौं । गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतकार सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोमा गायिका चौहान नै फिचर छिन्।

गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई समर्पित गर्दै लेखेको गीतको भिडियो प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन्। जोसँग उनले पछि विवाह गरे।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन जनक वलीले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन्। सुरज पेशाले सिभिल इञ्जिनियर हुन्।

परिवारसहित क्यानडामा बस्दै आएका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरेका छन्। जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ।

भिडिओमा हेर्नुस् 

https://youtu.be/rpUKJDShVcM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै