
.ईश्वर दुलाल
२७ पुष , काठमाडौ । प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी सम्हालेको दुई महिना पुग्दै छ । एसपी गुरुङले जिल्ला सम्हाल्दै गर्दै प्रहरीले कानुन कार्यान्वयनका सिलसिलामा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका थिए । त्यसै अनुरूप उनले मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा,लागूऔषध दुव्र्यसनी तथा ओसारपसार कार्यमा संलग्न व्यक्तीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

हिजो मात्र मकवानपुरको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ लाई प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको बिशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको सयुक्त टोलिले जिल्ला मकवानपुर भिमफेदी गाउपालिका वडा नं. २ भैंसे स्थित प्रहरी चेक पोष्टमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नं. को पिकअप गाडिमा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १८३ किलो फेला परेको हुँदा उक्त गाडीका चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३० को रामचन्द्र सिंतानलाई उक्त लागुऔषध गाँजा, गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले न्युज24ग्यालेक्सीलाई जानकारी दिएका छन् ।







