Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीको सफलता : १०७ किलो लागू औषध गाँजासहित एकजना पक्राउ

१८ असोज , काठमाडौ । मकवानपुर प्रहरीले १०७ किलो लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा–१९, नेवारपानी चेकपोष्टबाट प्रहरीले १०७ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा थाहा नगरपालिका–२, पालुङका २४ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरोलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले तामाङको शरीर तथा बोलेरो गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा गाँजा फेला परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment