Comments Add Comment

Advertisment

SKIP THIS

बेलाबखतको बोली !

८ साउन , काठमाडौँ । ” गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती संधै स्वीकार्न सक्दैनौं ” क. नारायणकाजी श्रेष्ठ ” हामी गठबन्धनको डम्फू मात्र बजाएर बस्न सकिन्न , कांग्रेसले हाम्रो घोर अपमान गर्यो अब कम्युनिस्ट एकता हुन्छ ।” माधव कमरेड ” कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?

” क. झलनाथ खनाल ” गठबन्धन पनि गर्ने हो, चुनावपछि ठूलो पार्टी बनाएर ५ वर्ष हाम्रै बहुमतको सरकार बन्छ !” स प्र म सेबदे ” अवको प्रधानमन्त्री म नै हो , हाम्रो आलोपालोको सम्झौता भैसक्या छ , सायद पहिलो लटमा मै हो, माओबादीकै जोडबलले नागरिकता बिधेयक संसदमा आएको हो ।” पू प्र म प्रचन्ड ” मलाई कसैले नपत्याउने , तर सेबदेज्युले तपाई नै हो भावी प्र म भन्नुभाछ !” रामचन्द्र काका ” संयुक्त सरकारको बाध्यताले गर्दा वैवाहिक नागरिकतामा सातवर्षे प्रावधान छाड्यौं !” हाम्रा जिल्लाका माननीय क. देव गुरुङ ” खुसुक्क ! बाध्य भैयो, अब त मुख देखाउन नि लाज भो , महिले पैलै भन्या हो , यो देशमा गणतन्त्रको काम छैन , ओलीलाई प्रतिगमनकारी भनेको झन बाउ पो निस्किए , गन्न आछैन , भन्न भाछैन !” ज मो अध्यक्ष चित्र ब केसी ” ” अहिले चारैतिरवाट एमाले पार्टी घेरिएको छ , एमसीसी, एसपीपी अनि नागरिकता बिधेयक तह लगाउने सत्ता गठबन्धन तर एमालेको पालामा आएको भन्दै कुप्रचार गरिएको छ । यदि त्यस्तो हो भने दुई तिहाइको सरकार हुँदा नै ठेगान लाग्थ्यो होला नि ! गुदी आफू खाएर बोक्रा अरुको बारीमा !” UML का केही नेताहरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै