Comments Add Comment

Advertisment

SKIP THIS

बारा १ : कांग्रेसभन्दा एमाले तीन हजार मतले अगाडि

७ मंसिर , काठमाडौँ । बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन्।

यो क्षेत्रमा ३८ हजार पाँच सय ५३ मत गणना हुँदा मैनालीले १८ हजार चार सय र चौधरीले १४ हजार आठ सय ३० मत पाएका छन्। एक हजार चार सय एक मत बदर भएको छ।

मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन्। चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र कांग्रेसका सहमहामन्त्री हुन्।

मैनाली एमालेको पोलिटब्यूरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए।

ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए। निर्वाचनमा कांग्रेसका चौधरीले दुई हजार चार सय २० मतले विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै